१५ असार २०८३, सोमबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

बागलुङमा भरुवा बन्दुकसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–७ माजखर्कका दलबहादुर बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा भरुवा बन्दुकसहित बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। 

    बुढाको साथबाट एक नाले भरुवा बन्दुक, अन्दाजी ४० ग्राम बारुद र गोली बनाउन प्रगोग हुने १२ थान सिसासमेत बरामद गरिएको उनले जानकारी दिए। थप अनुसन्धानका लागि भरुवा बन्दुकसहित बुढालाई जिल्ला सदरमुकाम झिकाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्