१७ असार २०८३, बुधबार

सामसङ ग्यालेक्सी एम११ नेपाली बजारमा, कति पर्छ मूल्य ?

सामसङ ग्यालेक्सी एम११ नेपाली बजारमा, कति पर्छ मूल्य ?

नेपालमा विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा आएको छ ।​

मेटालिक ब्लु, ब्ल्याक तथा भ्वोइलेट कलरहरूमा उपलब्ध यो फोनको नेपाली बजारमा उपभोक्ता मूल्य रु १८,९९९ रहेको छ ।  

नयाँ ग्यालेक्सी एम११ मा इन्फिनिटि ओ डिस्प्ले रहेको छ, जसले गर्दा यस समूहमा पर्ने स्मार्टफोनहरू मध्ये सामसङको ग्यालेक्सी एम११ अद्वितीय कार्यक्षमतायुक्त बन्न पुगेको छ ।  

ग्यालेक्सी एम११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी–ओ डिस्प्लेको साथ ५००० एमएएच को ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीले बारम्बार चार्ज नगरी विना रोकावट दिनभर मोबाइल चलाउने स्वतन्त्रता प्रदान गर्दछ । चाँडै मोबाइल चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ । यस फोनको स्टोरेज क्षमता माइक्रो एस डि कार्डको माध्यमबाट ५१२ जिवीसम्म सहजै बढाउन पनि सकिन्छ ।  
 
ग्यालेक्सी एम११ को ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत सफा एवं चुस्त फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन क्यामरा,  ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा जसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ, यसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता राख्दछ । साथै यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध रहेको छ । ग्यालेक्सी एम११ मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले ब्राइट एवं चुस्त सेल्फीहरू लिन सकिन्छ ।  
 
ग्यालेक्सी एम११ मा डोल्बी एटीएमओएस प्रविधिको समायोजन गरिएको छ । यस प्रविधिले प्रयोगकर्ताहरूलाई सराउन्डेड साउन्डको जीवन्त अनुभव प्रदान गर्दछ ।  
 
ग्यालेक्सी एम११ स्मार्टफोन नेपाल अधिराज्यभर रहेका सामसङका ब्राण्ड स्टोरहरूबाट उपलब्ध भइरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्