
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का युवाले वडाभित्रको खाली ठाउँमा वृक्षारोपण गरेका छन् ।
कोरोना महाव्याधिका बीच युवाहरूले करीब ३ सय बिरुवा रोपेको स्थानीय रवि धमलाले जानकारी दिए ।
शनिवार भएको वृक्षारोपण कार्यक्रममा ५१ जना सहभागी भएको कार्यक्रममा सहभागी राजन भण्डारीले बताए ।
बद्री अधिकारीका अनुसार त्यसक्रममा चाँप, लप्सी, कपूर, सल्ला, तेजपत्ता, बकाइनो लगायतका बिरुवा रोपिएका छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाका कारण गाउँ–गाउँमा युवाहरूको चहलपहल छ ।
अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायका क्रममा शहरी क्षेत्र तथा विदेशमा रहेका युवाहरू पनि गाउँ फर्किएका छन् ।
हेर्नुहोस्, तस्वीरहरू :






