०६ असार २०८३, शनिबार

सत्ता–विपक्षीका बेग्लाबेग्लै संशोधन दर्ता

कात्तिक २०, २०७४
सत्ता–विपक्षीका बेग्लाबेग्लै संशोधन दर्ता
काठमाडौं, १७ वैशाख-व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमाथि प्रमुख प्रतिपक्षी एमालेलगायत पाँच दल र सरकारको नेतृत्व गरिरहेका दलहरूले बेग्लाबेग्लै संशोधन प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले शनिबार साँझ संशोधन दर्ता गरेका हुन् भने सत्तापक्षले संशोधन दर्ता गर्ने समय सकिन केही मिनेटअघि मात्र संशोधन दर्ता गराएको छ, राजधानी दैनिकमा खबर छ ।samsodhan


विपक्षीले सरकारले संसद्मा दर्ता गरेको विधेयकप्रति असन्तुष्टि जनाउँदै बेग्लै संशोधन दर्ता गरेको हो भने सत्ता पक्षले प्रतिपक्षी दल र मधेसी मोर्चालाईसमेत मान्य हुनेगरी विधेयक पारित गराउन भन्दै संशोधन दर्ता गराएको हो । संशोधन गर्ने अन्तिम समय सकिन केही मिनेटअघि दर्ता भएको प्रस्तावमा संविधानको धारा २७४ को उपधारा ४ मा यसअघि प्रस्ताव गरिएको सहमति शब्दको सट्टा परामर्श राख्नेगरी संशोधन हालेको छ । सत्तारूढले संविधानको धारा ७ को उपधारा २ (क), धारा २७४ को उपधारा ४, सोही उपधारामा संशोधन गरी खण्ड (क) थप गर्ने, सोही धाराको उपधारा ८ र धारा २८७ को उपधारा १ मा संशोधन प्रस्ताव गरेको छ ।
मधेसी मोर्चा र प्रमुख प्रतिपक्षीसहितका विपक्षी गठबन्धन सरकारले यसअघि दर्ता गरेको विधेयकमा असन्तुष्ट बनेपछि उनीहरूलाइ मनाउन संशोधन प्रस्ताव दर्ता गराएको जनाएको छ । मोर्चाले सीमांकन र विपक्षीले भाषा, नागरिकतालगायत विषयमा असन्तुष्टि जनाएपछि यसअघि दर्ता गरेको प्रस्तावलाई सर्वमान्य बनाई पारित गराउने भन्दै सरकारले यस्तो संशोधन दर्ता गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्