२५ जेठ २०८३, सोमबार

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु, चार घाइते

असार १४, २०७७
क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु, चार घाइते
प्रतिकार्यात्मक तस्वीर।

अमेरिकाको क्यालिफोर्नियास्थित वाल्मार्टमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

कारमा आएका एक व्यक्तिले वाल्मार्टमा अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीका अनुसार ती व्यक्तिको गोलीबाट वाल्मार्टका कामदार र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । 

अर्ध–स्वचालित बन्दुकबाट जथाभावी गोली चलाएका उनलाई प्रहरीले तत्कालै प्रतिकार गरेको र उनी प्रहरीको गोलीबाट मारिएको टेहामा काउन्टीका प्रहरी अधिकृत फिल जोन्स्टनले बताएका छन्।

प्रहरीले आक्रमणकारीको पहिचान खुलाएको छैन, तर प्रहरी अधिकृत जोन्स्टनले ती व्यक्ति रेड ब्लफ क्षेत्रकै बासिन्दा रहेको बताए। -रासस/एपी

salt training

कमेन्ट गर्नुहोस्