
पाकिस्तानको स्टक एक्सचेन्ज कार्यालयमा सोमवार गरिएको आक्रमणमा संलग्न चार आतंकवादीहरूलाई सुरक्षाकर्मीले हत्या गरेका छन् ।
ती चार आक्रमणकारीहरू आफ्नो गाडीबाट निस्केर भुइँमा ग्रिनेड फाले अनि त्यसपछि भवनमा पसे ।
घटनामा कम्तीमा दुईजना सर्वसाधारणको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् ।
प्रहरीका सर्जन डा करार अहमद अब्बासीले पाँचवटा शव र घाइते भएका सातजना मानिसलाई कराचीस्थित डा रुथ प्फाउ निजामती अस्पताल ल्याइएको जानकारी दिए ।
आक्रमणको सूचना पाउनेबित्तिकै प्रहरी र रेन्जर अधिकारीहरू घटनास्थल आइपुगेको र चारैजना आक्रमणकारीलाई मारेको सिन्ध रेन्जर्सले जनायो । उक्त इलाकामा क्लियरेन्स कारवाही चलिरहेको उनको भनाइ छ ।
आक्रमणकारीहरूबाट हतियार र हाते ग्रिनेड बरामद गरिएको छ ।