२२ जेठ २०८३, शुक्रबार

काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

कात्तिक २०, २०७४
काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
काठमाडौँ, १६ बैशाख - धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ ।

नयाँ पत्रिका लेख्छ- सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रुमर खरिद गर्दै छ । यसका लागि बढीमा चार महिना लाग्ने महानगरले जनाएको छ । पहिलो चरणमा पाँचवटा ब्रुमर खरिद गर्न बजेट विनियोजनसमेत गरिसकेको छ । दोस्रो चरणमा थप पाँचवटा ब्रुमर खरिद गर्ने योजना छ । १० वटा ब्रुमर खरिदका लागि करिब २५ करोड रुपैयाँ बजेट लाग्ने महानगरपालिकाको अनुमान छ । ‘काठमाडौंका सडक पानीले पखाल्ने काम जारी रहँदा ब्रुमर मेसिन खरिद गरिसकिनेछ । यसका लागि बढीमा चार महिना लाग्नेछ,’ कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘ब्रुमर आएपछि काठमाडौंका सडक कुचोले होइन, ब्रुमरले सफा गरिनेछ । त्यसपछि काठमाडौं धुलोरहित बन्नेछ।’

salt training

कमेन्ट गर्नुहोस्