
रूपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट ७ जनाको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निको भएर सोमवार घर फर्किएका छन् ।
निको हुनेमा आईसीयूमा उपचाररत ३ जना र जनरल आइसोलेसनमा उपचार गराइरहेका ४ जना छन् ।
सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । निको भएर जानेहरू बढीमा २५ दिनसम्म अस्पताल बसेका हुन् ।
निको हुनेमा दाङ र नवलपरासीका २/२ जना र कपिलवस्तु, रुपन्देहीका, गुल्मीका १/१ जना छन् । डा. थापाले हालसम्म अस्पतालबाट निको भएर ५५ जना घर फर्किसकेको जानकारी दिए । अस्पतालमा २ जना बिरामी आईसीयूमा र ८ जना जनरल वार्डमा रहेका छन् ।