२४ जेठ २०८३, आइतबार

बिमा रकमको 'लोभ'मा बुहारीको हत्या, बाबुआमा र २ छोरी प्रहरीको फन्दामा !

बिमा रकमको 'लोभ'मा बुहारीको हत्या, बाबुआमा र २ छोरी प्रहरीको फन्दामा !

हेटौंडा उपमहानगरपालिका– ४ की सुस्मिता क्षेत्रीको हत्या अभियोगमा एकै परिवारका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार २ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्यामा संलग्न भएको अभियोगमा उनकै परिवारका ४ जनालाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुनिलसिंह राठोरले जानकारी दिए । 

हत्या अभियोगमा सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसा थापा र नन्दहरू सीता थापा तथा दुर्गा थापा कार्कीलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमवार सार्वजनिक गरिएको हो ।

२०७६ असोज २६ गते कपिलवस्तुबाट फर्कंदै गर्दा मोटरसाइकल दुर्घटनामा परी सुस्मिताका श्रीमान् रुपेश थापाको मृत्यु भएपछि जीवन बिमा रकमको लोभमा उनको हत्या भएको हुनसक्ने अनुमान प्रहरी गरेको छ । 

घटनाको सत्यतथ्य अनुसान्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

यस्तो छ, प्रहरीको प्रारम्भिक प्रतिवेदन :

मिति २०७७ असार १ गते बेलुकी साढे २१ बजेको समयमा मृतकको पारिवारका सदस्यहरू ससुरा प्रकाश थापा र सासु तुलसा थापा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए । 

खाना खानुभन्दा अगाडि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । तत्पश्चात नन्द सीता थापा र मृतक सुस्मिता क्षेत्री थापा भई भान्छा कोठामा खाना खाइरहेका थिए ।

सुस्मिता क्षेत्री थापा महिनावारी भएकाले भान्छा कोठाको भुइँमा बसेर खाना खाँदै थिइन् ।

सोही समयमा ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छा कोठामा प्रवेश गरी बुहारीको टाउकोमा प्रहार गरे । सुस्मिता भुइँमा लडिन् । नन्द सीता थापाले समेत भाउजूमाथि प्रहार गरिन् ।

तत्पश्चात सुस्मिता क्षेत्री थापाले बचाऊ–बचाऊ भन्ने शब्द निकालेपछि सासू तुलसा थापा भान्छा कोठामा आइन्, प्रकाश र सीताले उनलाई बाहिर निकाले ।

त्यसपछि प्रकाश र सीता मिली पटक–पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममता पूर्वक सुस्मितामाथि प्रहार गरी हत्या गरे र निजको मृत्युपश्चात सासू तुलसा थापा भित्र आई फुटेको शिशाको कचौराको टुक्राहरू जम्मा गरी प्लास्टिकको झोलामा हाली भान्छा कोठा अगाडिको बरन्डामा राखेपछि सीताले आफ्नी आमालाई लिएर सुत्ने कोठामा गई हल्ला नगर्न भनिन् ।

बाबुछोरी मिली घटनास्थललाई आत्महत्या जस्तो देखाउनका बिग्रिएका सबै चिजवस्तु यथास्थानमा मिलाएर राखी भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरू पुछेपश्चात छोरी सीतालाई भान्छा कोठाको ढोकाबाट निकाली ससुरा प्रकाश थापाले भित्रबाट भान्छा कोठाको ढोकाको चुक्कुल लगाई भान्छा कोठाको पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्की बाहिरबाट उक्त झ्याल पूर्णरूपमा बन्द गरी ढलानको टप हुँदै सुरक्षित रूपमा अगाडिको बरन्डामा आई भान्छा कोठाको अगाडिको बरन्डामा राखेको फुटेको सिसाको टुक्राहरू राखेको प्लास्टिकको झोला र काठको लौरो घर पछाडिको मकैबारीमा फाले ।

त्यसपछि बाबुछोरी दुवै जनाले रगत लागेका कपडाहरू धोई पखाली आ-आफ्नो शरीरमा लागेको रगत समेत पखाली आ-आफ्नो कोठामा गए ।

मिति २०७७ असार २ गते बिहान अन्दाजी ५ बजेको समयमा मूल ढोकाको च्यानल गेट खोली छर छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराएपश्चात छरछिमेकमार्फत प्रहरीलाई खबर भएको ।

salt training

कमेन्ट गर्नुहोस्