काठमाडौँ, १७ वैशाख - अकस्मात मौसम बदली हुँदा शनिबार राजधानी काठमाडौँलगायत देशभर पानी परेको छ । पानी परेकाले पहाडी तथा हिमाली क्षेत्रमा चिसोको महसुस भएको छ । तापक्रम धेरै तल नझरे पनि पानी परेका कारण वैशाख मध्यतिर पनि काठमाडौँ उपत्यकामा चिसोको अनुभव गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार साँझदेखि बदली भएको मौसम सोमबारबाट मात्र केही सुधार हुने सम्भावना रहेको छ । शनिबार दिउँसो देशका सबै स्थानमा पानी परेको छ । आइतबार दिउँसोदेखि पुनः बदली हुने सम्भावना रहेको छ । सोमबार रातिदेखि भने आकाश सफा हुने सम्भावना रहेको गोरखापत्रमा खबर छ ।