१२ असार २०८३, शुक्रबार

असार १५ किसानको सम्मान र प्रोत्साहनमा समर्पण गर्नुपर्छ : गणेश थापा

असार १५ किसानको सम्मान र प्रोत्साहनमा समर्पण गर्नुपर्छ : गणेश थापा

हात्तीडाँडा समाज गोठाटारले असार १५ तथा राष्ट्रिय धान दिवसका अवसरमा सामाजिक दूरी कायम गरी आज एक कार्यक्रमकाे आयोजना गरेको छ।

प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, कागेश्वरी मनोहरा नपा वडा नं. ९ का वडाध्यक्ष कुन्दन खड्का, नेपाल ल क्यापसका प्रमुख तथा समाजका सल्लाहकार डाक्टर डिएन पराजुली, सल्लाहकार आनन्दराज आचार्य, अलकापुरी नगरका पूर्वअध्यक्ष विष्णु कार्की, समाजका उपाध्यक्ष कुमार कार्की लगायत टोल संयोजकहरूको उपस्थितिमा उक्त दही चिउरा खाने कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रममा राज्यमन्त्री राउतले कोभिड-१९ ले विश्वमा अर्थतन्त्र, स्वास्थ्य र अन्यक्षेत्रमा गम्भीर असर गरे पनि नेपालको कृषि उत्पादनमा भने केही वृद्धि हुने प्रक्षेपणले देखाएको बताए ।

उत्पादनका प्रमुख कारण लक डाउन, रोजगारीको सिलसिलामा भारत गएका नागरिक फर्किनु र शुरूवाती मौसम राम्रो हुनु रहेको बताए।

हात्तीडाँडा क्षेत्रको आर्थिक सामाजिक विकासका लागि योगदान गर्ने समाजसेवीहरू राममाया थापा, देवेन्द्र भट्टराई, अर्जुन न्यौपाने, शान्त्वना रेग्मी, पार्वती विष्ट, विना दाहाल, राजन दाहाल, गिता बस्नेत, लगायातका व्यक्तिलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अतिति वडाध्यक्ष कुन्दन खड्काले हात्तीडाँडा क्षेत्रको समग्र विकासमा स्थानिय सरकार लागेको र यहाँको आवश्यकता र माग बमोजिम खानेपानी, ढल र बाटोको समस्या समाधानका लागि नगरपालिकाले २ करोड २० लाखको डेण्डर गरिसकेको जानकारी गराए ।

समाजका अध्यक्ष गणेश थापाको अध्यक्षता महासचिव राजु कटुवालको संचालन तथा हिराकाजी बस्नेतको संयोजनमा भएको उक्त कार्यक्रममा ईजरायलको उदारण दिँदै अध्यक्ष थापाले भने, ‘५ प्रतिशत आधुनिक कृषकले ईजायलका ९५ प्रतिशत जनतासँगै देशलाई नै आत्मनिर्भर बनाएका छन् तर ६२ प्रतिशत नेपालीहरू संलग्न कृषकले नेपाललाई अहिलेसम्म आत्मनिर्भर बनाउन सकेका छैनन् ।’

उनले असार १५ लाई नेपालको किसानको पीरमर्का बुझ्ने, सम्बोधन गर्ने र उनीहरूलाई नै समर्पण गर्ने दिनका रूपमा विकास गर्दै किसानको हकहित र सम्मानका लागि सार्वजनिक विदा दिएर उत्सवका रूपमा मनाउन उनले सरकारसँग आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्