२५ जेठ २०८३, सोमबार

स्रोत नखुलेको ६५ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको ६५ लाखसहित दुई जना पक्राउ
फाइल फोटो।

नेपाल प्रहरीले स्रोत नखुलेको रु ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई आज काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरबाट पक्राउ गरेको हो। 

पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग रु दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्