
कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।
सिरियाका विभिन्न स्थानमा शरणार्थी शिविरमा रहेका उनीहरूको अवस्थाबारे नर्वेको शरणार्थी काउन्सिल, अक्सफाम लगायतका अन्य संघसंस्थाले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो।
“लगभग एक दशकको युद्ध र विस्थापनको सामना गरिसकेका सिरियालीले अहिले अकल्पनीय भोकमरीको सामना गरिरहेका छन्, लाखौं मानिस कोभिड–१९ को महामारीका कारण भोकै पर्ने स्थिति आएको छ। सिरियामा करिब ४२ प्रतिशत नागरिक खाद्य असुरक्षाबीच बाँच्नु परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ भने कोरोनाका कारण सिरियामा सहयोगको अपेक्षामा रहेका नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
“कोभिड–१९ का प्रतिबन्धहरू, सिरियन पाउण्डमा आएको गिरावट र लाखौं मानिस विस्थापित भएको कारण ठूलो सङ्ख्यामा सिरियाली नागरिकहरू पेटभरी खाना खान पाइरहेका छैनन्,” विज्ञप्तिमा भनिएको छ । रकम र मानवीय पहुँचमा वृद्धि नगरेसम्म यस क्षेत्रका शरणार्थीहरुसहित धेरै सिरियालीहरु भोकमरीको नजिक पुगेका छन् ।
सिरियामा नौ बर्षको युद्धका कारण उनीहरूलाई निराशा र विनाशको घुमाउरो मैदानमा परेका छन् जुन हरेक बर्ष बिगिरहेको छ। “यसकारण पहिलेभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको छ । “८० प्रतिशत सिरियाली दिनहुँ १.२५ अमेरिकी डलरभन्दा कम रकमका भरमा बाँच्दछन् तर केही हप्तादेखि यहाँ पाउरोटीको मूल्य दोब्बर बढेको छ,’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार भनेको छ ।
रेडक्रसका अनुसार अहिले करिब ५० प्रतिशत सिरियालीहरूसँग दिनहुँ खानको लागि पर्याप्त मात्रा छैन ।
सिरियाली युद्ध नौ बर्ष भन्दा बढि तानिएको छ । सिरियामा यो अवधिमा तीन लाख ८० हजारभन्दा बढी मानिस मारिएका र दुई करोड सिरियाली आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेका छन् । यो सिरियामा द्वन्द्व सुरू हुनुपूर्वको झण्डै आधा जनसङ्ख्या हो ।