२७ असार २०८३, शनिबार

नेकपा बैठकअघि राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता, बालुवाटारमा शुरू भयो स्थायी कमिटी बैठक

नेकपा बैठकअघि राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता, बालुवाटारमा शुरू भयो स्थायी कमिटी बैठक

पार्टी र सरकारका कामकारवाहीको समीक्षा तथा समसामयिक विषयमा छलफल गर्न नेकपा स्थायी समितीको चौथो दिनको बैठक शुरू भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा शुरूको दिनमा तय गरिएको एजेण्डामा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ताका कारण ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी शुरू भएको हो । राष्ट्रपति–प्रधानमन्त्रीबीच मंगलवार बिहान ११ बजे शीतल निवासमा झण्डै आधा घण्टा भेटवार्ता भएको थियो । 

पार्टी कामको समीक्षा, सरकारका काम कारवाही, सीमा समस्या समाधान, कोभिड नियन्त्रण, अमेरिकी आर्थिक सहयोग (एमसीसी) लगतयत ७ वटा एजेण्डामाथि छलफल भइरहेको छ ।

असार १० गते शुरू भइ १२ र १३ गते बसेको बैठकमा नेपाल भारत सीमा समस्या समाधानको विषयमा छलफल भएको थियो । 

सीमा समस्या समाधानको विषयमा अधिकाशं सदस्यहरुले बोलिसकेका कारण आजदेखि अर्को एजेण्डामा छलफल हुने नेकपा नेताहरुले बताएका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्