०२ असार २०८३, मंगलबार

'हुन्डाई फेसटिभ डिलाइट २०७६' अफरको विजेताहरू सार्वजनिक

'हुन्डाई फेसटिभ डिलाइट २०७६' अफरको विजेताहरू सार्वजनिक

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको  'हुन्डाई फेसटिभ डिलाइट २०७६' अफर को विजेताहरुको  नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्पmत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्यू जित्ने मौका थियो ।

'हुन्डाई फेसटिभ डिलाइट २०७६' अफरको विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्र मार्फत असार १५ गते सोमबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।

अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट मुख्य अतिथि बिमला खनालद्धारा लक्की ड्र  गरिएको थियो । बिजेताहरुमाभरत सिंह पौडेल (कुपन नं: ३९७), चन्द्र मणि पौडेल (कुपन नं : २७५),  श्रीजेश    घिमिरे (कुपन नं: ९९६), महेश्वर लाल सिंह (कुपन नं :९९९), कृष्ण प्रकाश पौडेल शर्मा    ९ कुपन नं :९४४), राजु शाह    ( कुपन नं :७६    ), दल बहादुर बि.क.( कुपन नं :७४४), विजय अग्रवाल/गणेश हार्डवेयर    ९ कुपन नं :७१६), एनआईसी एसिया बैंक लि./निर्भिक सापकोटा   (कुपन नं :११५८),  खातु ईन्टरनेशनल प्रा. लि.( कुपन नं :३५ )  रहेका छन् ।

त्यसैगरी अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९   का शालिकराम अधिकारीले हुन्डाई स्यान्ट्रो जिते ।

दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र  अन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई  भेन्यू जीते । 

salt training

कमेन्ट गर्नुहोस्