
दाङमा मंगलबार १ जना जनप्रतिनिधि आफ्नै कार्यकक्षमा कुटिएका छन ।
दाङको शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगी वडा कार्यालयमै कुटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले कुटपिटस्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको बताए ।
विज्ञप्तिमा वडाध्यक्ष डाँगीले वडा कार्यालयमा आफूखुशी आफ्ना मान्छे राखेको, विकास निर्माणमा ढिलासुस्ती गरेको र नागरिकमाथि दमन लगायतका आरोप लगाइएको छ ।
मुकुन्डो लगाएर ४ जनाको समूहमा कार्यालयभित्र प्रवेश गरेर कुटपिट गरिएको जनाइएको छ । डाँगी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
वडाध्यक्षलाई रड जस्तो वस्तुले हानेर चोटपटक लागेको डीएसपी खड्काले बताए । घाइते भएका वडाध्यक्षलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ ।