१० साउन २०८३, आइतबार

चीनमा मुसलधारे वर्षापछि आयो बाढी, धनजनको क्षति

असार १६, २०७७
चीनमा मुसलधारे वर्षापछि आयो बाढी, धनजनको क्षति

याङ्से क्षेत्रमा मुसलधारे वर्षा भएपछि चीनका कतिपय मुख्य शहरमा बाढी आएको छ । त्यससँगै थ्री गर्जेज बाँधमा पानी छोडिएपछि नदी किनारमा रहेका शहर डुबानमा परेका छन् । 

बाढीका कारण कम्तीमा ७८ जनाको ज्यान गइसकेको छ भने एक करोडभन्दा बढी मानिसमा नकारात्मक असर परेको छ । सडकहरू पानीमा डुबेको र स्कूटरहरू बगेका दृश्य सामाजिक सञ्जालमा देखिएका छन् । 
 

यिचाङ शहरका मानिसले थ्री गर्जेज र गेजुबा बाँधको पानी छोडिएकाले आफूहरू डुबानमा परेको बताएका छन् । 
 

हुनान प्रान्तमा उच्च भोल्टेजको बिजुलीको खम्भा पानीमा खसेपछि उक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । 
 

हुनानको सियाङयाङ शहरमा बस्ने ली नामक महिलाले याङ्से नदीको जलस्तर निकै उच्च रहेको बताइन् । 

वाङ नाम गरेका एक स्थानीय बासिन्दाले बाढीका कारण आफ्नो फर्निचर बगेर गएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्