
बाहुबली २ ले पहिलो दिनको कमाईबाट जुन धमाका गरेको छ उसले बलिउडका सवै दिग्गजहरु हल्लिएका छन् । अब दोस्रो दिन पनि बाहुबली २ को कमाई उल्लेख्य भएको समाचारहरु सार्वजनिक भएका छन् । बाहुबली २ ले दोस्रो दिन पनि १ सय करोड भन्दा बढी कमाएको छ ।
ट्रेड विज्ञहरुका अनुसार दोस्रो दिन फिल्मको सवै सीटको अनुपातमा ८० प्रतिशत दर्शक फिल्म हेर्न पुगेका थिए । यसैगरि हिन्दी क्षेत्रमा बाहुबली २ को कमाई करिब ४० करोड आकलान गरिएको छ । विकेण्ड भएका कारण केही क्षेत्रमा टिकटको मूल्य केही महंगो पनि हुनसक्छ ।
बाहुबली २ को हिन्दी भर्सन दोस्रो दिन आफ्नो पहिलो दिनको रेकर्ड पनि तोड्न सक्ने अनुमानहरु आएका छन् । पहिलो दिन फिल्मले ९५ प्रतिशतको शुरुवात गरेको थियो जुन सुलतान र दंगल भन्दा धेरै हो ।
दोस्रो दिन बाहुबली २ ले दंगल तथा सुलतानको आक्युपेसीको पछि छोडदिएका छन् । यसकारण दोस्रो दिन पनि फिल्ममले ४० करोड लगभग कमाएको अनुमान गरिएको छ ।