२४ जेठ २०८३, आइतबार

जीवन रक्षाका लागि आयोगको आग्रह

असार १७, २०७७
जीवन रक्षाका लागि आयोगको आग्रह
प्रतिकार्यात्मक तस्वीर।

राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत व्यक्तिको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ रोकथामका लागि सरकारले लागू गरेका मापदण्डको प्रभावकारी पालना गर्न आयोग अनसनरत पक्षलाई आग्रह गर्दै अनसनरतको जीवन रक्षाको माग गरिएको छ ।

कोभिड–१९ रोकथामका लागि सरकारबाट भएका कार्यहरु प्रभावकारी हुन नसकेको भन्दै पाटन दरबार क्षेत्रमा सुजान गुरुङ्ग, सुवानी सिजापतीलगायतका व्यक्ति ६ दिनदेखि आमरण अनसनमा बसेका छन् । आयोगमा नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चितताका लागि पहल गरी पाऊँ भनी निवदेन परेको थियो ।

आयोगले अनसनस्थलमा पुगी अनसनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरेको छ । सो क्रममा अनसनरत सुजान गुरुङ्ग र सुवानी सिजापतीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लागिएको छ  भने अर्का एक व्यक्ति छ दिनदेखि आमरण अनसनमा रहेको पाइएको छ । रिजा राउत, पुकार बम, गम्भीरजङ्ग कार्की र सुनिता तामाङ्ग रिले अनसनमा रहेको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्