
भारतीय कांग्रेस महासचिव प्रियंका गान्धीलाई ३५ लोधी एस्टेटस्थित सरकारी बंगला खाली गर्न निर्देशन दिइएको छ।
हाउसिङ र शहरी मामिला मन्त्रालयले गान्धीलाई अगस्ट २०२० सम्म बंगला गर्न भनेको हो। यसको जानकारीको पत्र गान्धीलाई पठाइएको छ।
उनको एसपीजी सुरक्षा यसअघि फिर्ता लिएर जेड प्लस सुरक्षा दिइएको छ। एसपीजी कवरमा सुरक्षाको मध्येनजर गरेर सरकारी बंगलाको प्रावधान छ, तर जेड प्लसमा बंगलाको प्रावधान छैन।
प्रियंका पछिल्लो आमचुनावमा उत्तर प्रदेशको राजनीतिमा सक्रिय भएकी थिइन्।