
नेपालमा काेराेना भाइरस संक्रमण राेकथामका लागि जारी गरिएकाे लकडाउन एक सय दिन पुगेकाे छ। सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेकाेमा पछिल्लाे पटक बढाएर साउन ७ गतेसम्म लम्बयाएकाे छ।
तर कोरोना संक्रमितकाे संख्या झनझन बढिरहेका छन्। बुधबारसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमितमध्ये ४ हजार ६५६ जना डिस्चार्ज भएको जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।