२४ जेठ २०८३, आइतबार

खुमलटारमा ओली समूहका नेताहरूसँग प्रचण्डको छलफल

खुमलटारमा ओली समूहका नेताहरूसँग प्रचण्डको छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूको भेला भएको छ ।

बिहान ८ बजेदेपख शुरू भएको छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी रहेका छन् ।

त्यस्तै, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि रहेका छन् ।

प्रचण्डले नेकपामा जारी पछिल्लो शक्ति संघर्षका बारे छलफल गर्न नेताहरूलाई बोलाएका हुन् । बुधवार साँझ ललितपुरको झम्सीखेल स्थित एक होटलमा पनि माधव नेपाल र आफू निकट नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए ।

बिहीवार पनि नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । खुमलटार भेलाले बैठकमा अब कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत रणनीति तय गर्ने स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्