२७ जेठ २०८३, बुधबार

बहिनी जिस्क्याउनेलाई पिट्दा २ जना घाइते

बहिनी जिस्क्याउनेलाई पिट्दा २ जना घाइते

आफ्नो बहिनीलाई जिस्क्याएको निहुँमा तनहुँकाे एक युवकले दुई युवकलाई कुटपिट गरी सख्त घाइते बनाएका छन्  ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ बस्ने सुमन श्रेष्ठले आफ्नी बहिनीलाई जिस्क्याएको भन्दै सोही स्थान निवासी १५ वर्षीय दिप्सन मगर र १९ वर्षीय सुदीप मगरलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

कुटपटिबाट घाइते दुवैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहको छ । कुटपिट गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्