
सरकारले संघीय संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
बिहीवार मध्याह्न १२ बजे बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजै साँझ ५ बजेबाट संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
बुधवार कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभाको बैठक २२ गते सम्मका लागि स्थगित भएको थियो ।
सरकारले एक्कासि संसद् अधिवेशन अन्त्यको सिफारिश गरेपछि त्यसले गम्भीर प्रश्नहरू उब्जाएको छ ।