२८ असार २०८३, आइतबार

सन् २०३६ सम्म पुटिन नै हुनेछन् रुसका राष्ट्रपति

असार १८, २०७७
सन् २०३६ सम्म पुटिन नै हुनेछन् रुसका राष्ट्रपति

रुसमा संविधान संशोधनका लागि गरिएको जनमतसंग्रहमा बहुमत रुसीहरूले संशोधनको पक्षमा भारी बहुमत दिएका छन् । सबै मत गनिसक्दा पक्षमा ७८ प्रतिशत मत परेको अनि २१ प्रतिशत विपक्षमा परेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । 

एक हप्तादेखि जनमतसंग्रहमा मतदान भइरहेको छ । कुल २०६ वटा संशोधनका लागि मत लिइएको थियो । 

६५ प्रतिशत मतदान भएको आकलन गरिएको छ । 
 

रुसीहरूका लागि अन्य संशोधन समेत महत्त्वपूर्ण भए पनि बाँकी विश्वलाई राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा लामो समय रहन पाउने कुरामा चासो छ । 

पुटिनलाई सन् २०३६ सम्म सत्तामा राख्नका लागि संशोधन गरिएको प्रावधानलाई बहुमत जनताले स्वीकार गरेको पाइएको छ । 

पुटिनको वर्तमान कार्यकाल समाप्त भएपछि पनि उनले ६–६ वर्षको थप दुई कार्यकाल चलाउन पाउने भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्