२४ जेठ २०८३, आइतबार

हङकङमा नयाँ सुरक्षा कानूनविरुद्ध प्रदर्शन

असार १८, २०७७
हङकङमा नयाँ सुरक्षा कानूनविरुद्ध प्रदर्शन

३० लाख हङकङवासीलाई हङकङबाट बेलायत बसाइँ सर्नका लागि अनुमति दिएपछि चीन बेलायतप्रति क्रुद्ध भएको छ । 

नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रतामा आघात पुर्‍याएको भन्दै बेलायतले चीनविरुद्ध आरोप लगाएको केही घन्टापछि लन्डनस्थित चिनियाँ दूतावासले चेतावनी जारी गर्दै भनेको छ, ‘हङकङका मानिसलाई भित्र्याउने कदमको हामी कडा विरोध गर्छौं र यसविरुद्ध कारवाही बढाउने अधिकार हामीसँग छ ।’

नयाँ सुरक्षा कानून लागू भएदेखि हङकङ प्रहरीले विरोधीहरूमाथि कारवाही तीव्र पारेको छ । बुधवार प्रहरी जवानहरूले सयौं विरोधकर्तालाई धरपकड गरेका छन् । 

बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण गरेको २३औं वर्षगाँठका अवसरमा बेइजिङविरुद्ध प्रदर्शन गरेका विरोधकर्ताहरूलाई हटाउन प्रहरीले पानीको फोहरा, अश्रूग्यास र खुर्सानीको स्प्रे उपयोग गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्