२५ जेठ २०८३, सोमबार

पाँच घण्टापछि शुरू भयो नेकपा बैठक, शुरूमा प्रचण्ड बोल्दै

पाँच घण्टापछि शुरू भयो नेकपा बैठक, शुरूमा प्रचण्ड बोल्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरू भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजे शुरू भएको हो ।

राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री निवास बालुवाटार फर्केपछि बैठक शुरू भएको हो ।

बैठकको शुरूमा विकसित घटनाक्रमबारे प्रचण्डले बोलिरहेका छन् ।

स्थायी कमिटी बैठकअघि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र महासचिव विष्णु पौडेलबीच बालुवाटारमै छलफल भएको थियो । 

बिहान प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षका नेताहरूसँग परामर्श गरेका थिए ।

मंगलवारको बैठकमा प्रचण्डलगायत शीर्ष नेताले ओलीको राजीनामा माग गरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । 

बिहीवारको स्थायी कमिटी बैठकमा ओली भने अनुपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्