
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्को अधिवेशन अन्त्य भएपनि पार्टी विभाजन हुनेगरी तत्काल अध्यादेश नआउने जानकारी गराएका छन् ।
दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आएपछि बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले तत्काल अध्यादेश आउने सम्भावना नरहेको बताएका हुन् ।
‘कमरेड प्रचण्ड राष्ट्रपतिकोमा जानुभएको कुराचाहिँ विशेषतः फेरि अहिलेको परिवेशमा संसद् अधिवेशन अन्त्य भएपछि अध्यादेश जस्ता विषय चर्चामा आएकाले अहिले त्यो स्थिति होइन भनेर भन्न जानु भएको हो । अहिले त्यो स्थिति होइन, राष्ट्रपति र प्रधानन्त्रीले अहिले अध्यादेश आएको छैन, प्रधानमन्त्रीले पनि अहिले आउने सम्भावना छैन भनेर भनेको जानकारी बैठकमा गराउनुभयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
संसद्को अधिवेशन हतारमा किन अन्त्य गर्नुपर्यो भन्ने कुरा सरकारले पार्टीलाई जानकारी नगराएको प्रवक्ता श्रेष्ठले बताए ।
स्थायी कमिटी बैठक शनिवारका लागि स्थगित गरिएको उनले बताए ।
भोलि दिनभर अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुने श्रेष्ठले जानकारी दिए ।