
काठमाडौं, १७ वैशाख — नेपालका अर्बपति व्यापारी विनोद चौधरीका छोरा वरुण चौधरीको विवाह समारोहमा बलिउडका सुपरस्टार सलमान खान उपस्थित भएका छन् ।

भारतको राजस्थानस्थित उदयपुरको जग मन्दिरमा वरुणको विवाह सुनचाँदी व्यापारी राजकुमार तोंग्याकी छोरी अनुश्रीसँग सम्पन्न भएको छ ।
शनिवार उक्त विवाह समारोहमा कालो सुट लगाएर सलमान पुगेका थिए । तर उनी त्यहाँ थोरै समय मात्र बसे ।
रिपोर्टहरूका अनुसार सलमान त्यहाँ अंगरक्षकहरूका साथ पुगेका थिए । उनले दुलाहा र दुलहीलाई भेटेपछि तत्कालै त्यहाँबाट हिँडिहाले ।
शत्रुघन सिन्हा, रजनीकान्तकी पत्नी लता, बंगलादेशका पूर्वराष्ट्रपति हुसेन मोहम्मद इर्शाद, फिलिपिन्सका राजनीतिकर्मी फर्डिनान्ड मार्कोस लगायतका व्यक्ति पनि समारोहमा उपस्थित थिए ।
सलमान खानको नयाँ फिल्म ट्युबलाइट इदको अवसरमा रिलिज हुन लागेको छ ।
एजेन्सी