
काठमाडौं, १७ वैशाख — दंगलमा दिदीबहिनी गीता र बबिता फोगटको भूमिका निर्वाह गर्ने फातिमा साना शेख र सान्या मल्होत्राका बीच खटपट चलिरहेको खबर आएका छन् ।

आमिर खानका यी पर्दाका छोरीहरूमध्ये फातिमाले सान्याविरुद्ध आफ्नो बारेमा हल्ला फिँजाएको सोच पाल्न थालेपछि खटपट शुरु भएको मानिएको छ । फातिमा आमिरसँग आफूभन्दा बढी नजिकिएको भन्दै सान्याले कुरा गर्दै हिँडेको फातिमालाई लागेको छ ।
आमिरले फातिमाप्रति पक्षपाती भएर उनको करीयर अघि बढाउन मद्दत गरेको सान्यालाई सबैलाई सुनाउँदै हिँडेको फातिमा विश्वास गर्छिन् ।
फातिमालाई प्रोडक्सन हाउसले दुई करोड भारु दिएको पनि सान्याले बताएको फातिमालाई लाग्छ ।
एजेन्सी