०२ असार २०८३, मंगलबार

अमेरिकाको ड्रोन आक्रमणमा परी पाँच अलकायदा सदस्यको मृत्यु

कात्तिक २०, २०७४
अमेरिकाको ड्रोन आक्रमणमा परी पाँच अलकायदा सदस्यको मृत्यु

काठमाडौं, १७ वैशाख — यमनको मध्यभागमा अमेरिकले गरेको ड्रोन आक्रमणमा परी आतंकवादी समूह अल कायदाका पाँच सदस्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरू तथा एक सुरक्षा अधिकारीले बताएका छन् ।


स्थानीय न्युज वेबसाइट यमन अजेलले ड्रोनबाट स्थानीय समयअनुसार आइतवार दिउँसो साढे १२ बजे गरिएको आक्रमणले एक कारलाई लक्षित गरेको थियो । कारमा हतियारहरू राखी मरिब प्रान्त पु–याइँदै थियो ।

नाम नखुलाउने शर्तमा एक सैन्य अधिकारीले एएफपी समाचार संस्थालाई बताएअनुसार कार अल कायदाका एक स्थानीय नेताको हो ।

दक्षिणी शबवा प्रान्तमा अल कायदाका तीन लडाकुलाई हत्या गरेको २४ घण्टामा यो आक्रमण भएको हो ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले ड्रोन आक्रमण बढाउँदै लगेको छ । फेब्रुअरी २८ पछि ७० वटा आक्रमण भइसकेका छन् ।

यमनमा सरकार र हौथी विद्रोहीहरूका बीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ र यसैले निम्त्याएको अस्थिरताको फाइदा उठाउँदै अल कायदाले आफ्ना कारवाहीहरू चलाइरहेको छ ।

अल जजीराबाट

salt training

कमेन्ट गर्नुहोस्