जल तथा माैसम विज्ञान विभागले साेमबार राति विशेष बुलेटिन जारी गरेकाे छ।
हरेक २४ घन्टामा नियमित बुलेटिन जारी हुँदै आएपनि विभागले साेमबार राति ८ बजे विशेष बुलेटिन जारी गरेर बिहीबार रातिबाट नेपालका धेरैजसाे स्थानमा लगातार वर्षाकाे सम्भावना रहेकाे जनाएकाे हाे।
मनसुन न्यून चापिय रेखानेपालको तराइ भू-भाग नजिक रहने भएकाले बिहीबार रातिबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको हाे।
जसकारण नेपालका धेरैजसो ठाँउमा लगातारको वर्षाको साथै खासगरी तराइका केही र पहाडका थोरै स्थानमा भारी वर्षा समेत हुन सक्ने विशेष बुलेटिनमा भनिएकाे छ।
विभागले तराइका भू-भागमा पानीको वहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, डुबान समेत हुन सक्ने चेतावनी दिएकाे छ। सतर्कता अपनाउन पनि अनुराेध गरिएकाे छ।