०८ असार २०८३, सोमबार

अनौँठो नाइट क्लब, जहाँ संस्कृत गीतमा झुम्छन्

असार २२, २०७७
अनौँठो नाइट क्लब, जहाँ संस्कृत गीतमा झुम्छन्

धेरैले थाहा पाएकै कुरा हो, नाइट क्लबमा प्रायः मोर्डन गीत बज्छन्।

जस्तो नेपालका नाइट क्लबमा नेपाली, हिन्दी र अंग्रेजी गीतमा झुम्नेहरू भेटिन्छन्। 

तर नेपालभन्दा धेरै टाढा यस्तो देश छ, जहाँ अनौँठो नाइट क्लब छ। यो नाइट क्लबमा संस्कृत गीतमा झुमिरहेका हुन्छन्।

यो देशको नाम हो, अर्जेन्टिना। जहाँको राजधानी ब्यूनसआयर्समा ग्रोव नामक एक नाइट क्लब छ। यहाँ गणेश शरणम, गोविन्दा-गोविन्दा, जयजय राधा रमन, हरी बोल र जय कृष्ण हरे' जस्ता गीत बज्छन्। 

ब्यूनसआयर्सको यो नाइट क्लब कुनै सानो नाइट क्लब होइन, बरु यहाँ एक साथ करीब ८०० मान्छे गीतमा झुमिरहेका हुन्छन्।

एक भारतीय विश्वनाथन सन् २०१२ मा अर्जेन्टिना गएका थिए र उनने यो कुरा बताएका हुन्। उनका अनुसार यो नाइट क्लबमा न त मदिरा पाइन्छ न  धूम्रपान गरिरहेका देखिन्छन्।

यहाँसम्मकी यो नाइट क्लबमा माछामासु पनि पाइदैन। मात्र सफ्ट ड्रिङ्क्स, फलफूलको जुस र शाकाहारी खाना पाइन्छ। -एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्