३२ असार २०८३, बिहीबार

महाभियोगबारे बाबुरामले भने, ‘असफल राज्य बनाउने षडयन्त्र’

कात्तिक २०, २०७४
महाभियोगबारे बाबुरामले भने, ‘असफल राज्य बनाउने षडयन्त्र’

काठमाडौं १७ वैशाख –नयाँ शक्ति नेपालका संयाृजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर देशलाई असफल राज्य बनाउन खोजिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आइतवार सन्देश लेख्दै भट्टराईले महाभियोगको हतियार दुरूपयोग गरिएको बताएका हुन् । ‘राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त ?’ भट्टराइले लेखेका छन, ‘महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित हुन्छ ?’

सरकारको कार्यकारी अधिकार दुरुपयोग गरेको भन्दै आइतवार नै नेपाली काग्रेस र माओवादी केन्द्रका सांसदहरूले प्रधानन्यायाधीश विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्