०९ असार २०८३, मंगलबार

भाइबरले ल्यायो आफ्नै जिआइएफ सिर्जना गर्ने नयाँ फिचर

भाइबरले ल्यायो आफ्नै जिआइएफ सिर्जना गर्ने नयाँ फिचर

भाइबर एपका १ अर्ब प्रयोगकर्ताहरुले अब बुमर्‍याङ र रिभर्स मोडहरु लगायतका विशेषताहरु सहित आफ्नै जिआइएफ रच्न सक्नेछन् ।

भाइबरले नयाँ फिचर सार्वजनिक गरेको छ ।  राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि एक विशेष प्रकारको जिआइएफ निर्माण गर्न मिल्ने फिचर प्रस्तुत गरेको हो, जसको सहायताले उनीहरुले आफ्ना परिवार र साथीहरुलाई रमाइलो जिआइएफ सिर्जना गरेर पठाउन सक्दछन् । 

विश्वभरमा तत्काल मेसेजिङ्गको माग बढिरहेको अवस्थामा भाइबरको नयाँ जिआइएफ फिचर भने भाइबरले गत महिनामात्र शुरु गरेको २५० जनासम्म सामूहिक च्याट गर्ने र २० जनासम्मको  भिडियो कल गर्ने सुविधायुक्त विशेषतामा थप एक अर्को सुविधा हो । नयाँ जिआइएफ क्रिएटर आइओएसमा शुरु भैसकेको छ र एण्ड्रोइडमा अर्को हप्तादेखि शुरु हुनेछ कम्पनीले जनाएको छ ।

अक्सर कसैले पठाएको लेख्य सन्देश बुझ्न अत्यन्त गाह्रो पर्ने गर्दछ । इमोजिहरुले यदाकदा सहयोग गरेतापनि लेख्यमार्फत् व्यक्त गर्न सकिने भाव सीमित नै हुन्छ । भाइबरको नयाँ अनुकलन योग्य जिआइएफ फिचर, यसको पहिले नै शुरु भैसकेको नयाँ अनुकूलन योग्य स्टिकरमा एक थप हो, र यो लेखनमार्फत् गरिने सञ्चारलाई बदलेर अझ सजिलो र सटिक बनाउने लक्ष्य हो, जुन यसभन्दा अघि भएको थिएन । 

कुनै पनि च्याटमा भाइबर प्रयोगकर्ताहरुले एपमा रहेकोे नयाँ क्यामराको सहायताले छोटो भिडियो रेकर्ड गरेर वा उनीहरुको ग्यालरीबाट रोजेर त्यसलाई बुमर्‍याङ, छिटो चल्ने वा रिभर्स चल्ने रमाइलो जिआइर्एफमा परिवर्तन गर्न सक्नेछन् ।
 
 

salt training

कमेन्ट गर्नुहोस्