०४ साउन २०८३, सोमबार

रास्वपामा नयाँ नेतृत्व छान्न बुधबार मतदान हुने

असार ९, २०८३
भरतपुर
रास्वपामा नयाँ नेतृत्व छान्न बुधबार मतदान हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मंगलबारको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । 

उनका अनुसार आज मंगलबार दिउँसो २ बजे बन्दसत्र शुरू हुने र ६:४५ मा समापन हुनेछ । मतदानमा विद्युतीय उपकरण प्रयोग गरिनेछ । 

महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गर्दैछ । 

असीवटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ । एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने केसीले जानकारी दिए । 

कुनै उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन पाउने छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्