०६ असार २०८३, शनिबार

टिप्परको ठक्करबाट ३० वर्षीय श्रेष्ठको मृत्यु

असार २४, २०७७
टिप्परको ठक्करबाट ३० वर्षीय श्रेष्ठको मृत्यु
फाइल फोटो

धादिङको धुनीबेंशी नगरपालिका–९ खत्रीपौवामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नौबीसेतर्फ आउँदै गरेको बा४ख ३१०४ नम्बरको टिप्परले ठक्कर दिँदा नागार्जुन नगरपालिका–३ काठमाडौंं निवासी ३० वर्षीय महेश श्रेष्ठको बुधवार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ ।  शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्