११ असार २०८३, बिहीबार

चीन अमेरिकाका लागि सबभन्दा ठूलो खतरा : एफबीआई निर्देशक

असार २४, २०७७
चीन अमेरिकाका लागि सबभन्दा ठूलो खतरा : एफबीआई निर्देशक

अमेरिकी अनुसन्धान निकाय एफबीआईले चीन सरकार जासूसी र चोरीमा संलग्न रहेकाले अमेरिकाको भविष्यका लागि सबभन्दा ठूलो दीर्घकालीन खतरा भएको बताएका छन् । 
 

वाशिङटनको हडसन इन्स्टिच्युटमा बोल्दै क्रिस्टोफर रेले चीनले अमेरिकालाई चुनौती दिने बहुमुखी अभियान चलाइरहेको बताए । 

चीनले विदेशमा रहेका चिनियाँहरूलाई तारो बनाइरहेको र उनीहरूलाई फर्किन बाध्य बनाएको उनले बताए । अनि अमेरिकामा कोरोनाभाइरसको अनुसन्धानलाई प्रभावित पार्न उसले काम गरिरहेको उनको भनाइ छ । 

‘खतरा यसभन्दा बढी उच्च हुन सक्दैन,’ रेले भने ।

‘चीन विश्वको एक मात्र महाशक्ति बन्नका लागि कुनै पनि हदसम्म जान तयार रहेको र राज्य नै त्यसमा लागिपरेको छ,’ उनले थपे । 

मंगलवार लगभग एक घन्टा बोल्दै रेले चिनियाँ हस्तक्षेपको नांगो तस्वीर पेश गरे । अमेरिकाको नीतिलाई प्रभावित पार्न उसले आर्थिक जासूसी, आँकडा र मौद्रिक चोरी तथा अवैध राजनीतिक गतिविधिमा लागेको उनले आरोप लगाए । 

‘हामी त्यस विन्दुमा पुगिसकेका छौं जहाँ एफबीआईले चीनसँग सम्बन्धित प्रतिजासूसी केस प्रत्येक १० घन्टामा खोलिरहेको छ,’ रेले भने । ‘देशभरि प्रतिजासूसीका लगभग पाँच हजार सक्रिय केसमा आधा जति चीनसँग सम्बन्धित छन् ।’

चिनियाँ राष्ट्रपति सी चिनफिङले फक्स हन्ट नामक कार्यक्रमको नेतृत्व गरिरहेको जसअन्तर्गत चिनियाँ सरकारलाई जोखिमका रूपमा मानिएका विदेशमा रहेका चिनियाँ नागरिकलाई तारो बनाइएको छ । 
 

एफबीआई निर्देशकको भनाइले स्पष्ट पारेअनुसार, वाशिङटनले बेइजिङलाई आक्रामक शत्रुका रूपमा मात्र नहेरी विश्व नेतृत्वको महत्त्वाकांक्षी प्रतिस्पर्धीका रूपमा हेरिरहेको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्