०१ असार २०८३, सोमबार

नहर सरसफाईको नाममा उत्खनन् भएको भन्दै विरोध

असार २४, २०७७
नहर सरसफाईको नाममा उत्खनन् भएको भन्दै विरोध

नहर सरसफाईको बहाना बनाएर बस्ती नै जोखिममा पर्ने गरी उत्खनन् भएको भन्दै बुटवलको पुुलचोकबासी विरोधमा उत्रिएका छन् ।

बुुटवल उपमहानगरपालिकाले सोह्र छत्तीस मौजा सिचाइको मुुहानबाट नदीजन्य पदार्थ बिक्री वितरणका लागि ठेक्का लगाएको छ । 

बुुटवल–३ मा पर्ने सिचाइको मुुहानबासीले केही लाख रुपैयाँको आम्दानीको नाममा बस्ती नै जोखिममा पर्ने गरी ठेक्का गरेकाले नदीजन्य पदार्थ उत्खनन् तत्काल रोक्न माग गरेका हुुन् ।

टोलका अध्यक्ष राजुु पौडेलले नहरलाई सरसफाई गर्ने आडमा बस्तीमुुनिबाट उत्खनन् गरेको बताए । ‘पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने तिनाउको पक्की पुुलमाथि उत्खनन् गर्न पाइँदैन,’ पौडेलले भने, ‘नदीजन्य पदार्थ उत्खनन् सधैका लागि बन्द गरिनुुपर्छ । केही आम्दानीको नाममा बस्तीलाई जोखिममा पार्न हुुँदैन ।’ 

वडा नम्बर १, ५ र ७ मा निर्माण गरेको तटबन्ध जथाभावी तिनाउ दोहनले जोखिममा पर्ने खतरा छ । २०२७ र २०३८ सालमा ठूूलो बाढी आउँदा ठूूलो धनजनको क्षति पुुर्‍याएको थियो । 

तत्कालीन बुुटवल नगरपालिकाका उपमेयर बिमलबहादुुुर शाक्यले नहरको मुुहानबाट नदीजन्य पदार्थ उत्खनन् गर्दा बाढीको जोखिम बढेको बताए । उनले आम्दानीको स्रोतभन्दा बस्ती ठूूलो कुुरा रहेको बताए ।

यसअघि पनि नहर सरसफाई गरे मुुहानमा पसेको नदीजन्य पदार्थ नहरमुुनि फालिन्थ्यो तर अहिले बिक्री गरिएको हो । उपमहानगरपालिकाले ७ लाख ५० हजारमा नहरको नदीजन्य पदार्थ ठेक्का लगाएको संस्थाले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्