
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सदरमुकाम परासीमा आज भएको ट्रयाक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई हाल पाल्ही ट्रेर्डस परासीमा कार्यरत २५ वर्षीय अङ्गद कुर्मी छन्।
रामग्राम–४ स्थित परासी–महेशपुर सडकखण्डको क्याम्पस चोकमा परासीबाट महेशपुरतर्फ फलामको रड लिएर जाँदै गरेको लु २ त २४६८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा ट्रयाक्टरमा सवार कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।