०९ साउन २०८३, शनिबार

वरुण वेभरेजलाई लगातार 'ए वान प्लस' रेटिङ

साउन ८, २०८३
काठमाडौं
वरुण वेभरेजलाई लगातार 'ए वान प्लस' रेटिङ

वरुण वेभरेजले यस वर्ष पनि 'ए वान प्लस' रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङमा वरुण वेभरेजले पाँचौं पटक 'ए वान प्लस' रेटिङ पाएको हो । नेपालमा कोल्ड ड्रिङक्स (वेभरेज)को सबैभन्दा ठूलो उत्पादक वरुणले सन् २०२१ देखि २०२६ सम्म पाँचौं पटक 'ए वान प्लस' रेटिङ प्राप्त गरेको हो । वरुणले सन् २०२१, २०२२, २०२४, २०२५ र २०२६ मा इक्राबाट 'ए वान प्लस'को रेटिङ प्राप्त गरेको हो ।

रेटिङबाट कुनै पनि कम्पनीको आर्थिक अवस्था के कस्तो छ भन्ने कुरा थाहा पाउन सकिन्छ । क्रेडिट रेटिङमा 'ए' वर्गमा दिइने रेटिङलाई अब्बल दर्जाको मानिन्छ भने, ए भन्दा माथि ए प्लस र एवान प्लसलगायतका वर्गमा दिइने रेटिङलाई उत्कृष्ट मानिन्छ ।

वरुणले सन् २०२१ देखि निरन्तर 'ए वान प्लस' रेटिङ प्राप्त गर्दै आएको छ । नेपालमा पेप्सी–कोलाको आधिकारिक विक्रेता 'वरुण वेभरेज'ले प्राप्त गरेको रेटिङले कम्पनीको वित्तीय र सञ्चालन अवस्थालाई सबैभन्दा बलियो साबित गरेको छ ।

कुनै पनि कम्पनीले ५० करोड रुपैयाँभन्दा बढी ऋण लिनुपरेमा अनिवार्य रूपमा रेटिङ गराउनुपर्छ ।

बैंकबाट ऋण लिँदा होस् वा आईपीओ निष्कासनलगायतका विभिन्न प्रयोजनका लागि कम्पनीको रेटिङ अनिवार्य छ । रेटिङमार्फत कम्पनीको आर्थिक अवस्था कस्तो छ भन्नेसमेत थाहा हुन्छ ।

सन् २०२१ मा नै वरुणले ए वान प्लस रेटिङ ल्याएको थियो । जुन सन् २०२६ मा पनि कम्पनीले कायम गरेको छ । अर्थात् कम्पनीले प्राप्त गरेको ए वान प्लस रेटिङ अहिलेसम्म पनि भ्यालिड छ ।

कुनै पनि कम्पनीलाई रेटिङ एजेन्सीले गरेको रेटिङ हरेक वर्ष रिभ्यू गरिन्छ । जहाँ कम्पनीको वित्तीय अवस्था खस्किएमा रेटिङ पनि घट्दै जान्छ । सन् २०२१ मा प्राप्त गरेको रेटिङले कम्पनीको बलियो वित्तीय र सञ्चालन प्रोफाइल, पेप्सीको ब्रान्डको बलियो बजार पहिचानलाई उजागर गरेको थियो । जुन अहिले पनि कायम छ ।

कम्पनीलाई निजी क्षेत्रका साथै सरकारबाट पनि पटकपटक विशेष उद्योगको रूपमा सम्मानित गरिएको छ । यसका साथै वरुणलाई नेपाल सरकारले विशेष औद्योगिक क्षेत्रका तर्फबाट उत्कृष्ट करदाताका रूपमा पनि सम्मान गरिसकेको छ ।

सफ्ट ड्रिङक्सहरूमा सबैभन्दा पुरानो ब्रान्ड पेप्सी–कोलाले २०२५ मा झन्डै ४३ प्रतिशत बजार हिस्सा ओगटेको छ । विश्वभर चर्चित ब्रान्डका रूपमा स्थापित भएको पेप्सी–कोला नेपाली उपभोक्ताहरूमाझ पनि त्यतिकै रोजाइमा पर्ने गरेको छ ।

विक्रम संवत् २०५५ सालमा नेपाल भित्रिएको पेप्सी–कोलाले नेपाली वेभरेज बजारको ४० प्रतिशत हिस्सा ओगटेको छ । सन् १९९८ मा वरुण वेभरेज काठमाडौंमा भित्रिएको थियो । अहिले उक्त स्थानलाई नै पेप्सी–कोला नामले चिन्ने गरिन्छ ।

पेप्सी–कोलाले माउन्टेन ड्यु, पेप्सी, मिरिन्डा, सेवन अप, स्टिङ (एनर्जी ड्रिङ्क)लगायतका सफ्ट ड्रिङ्क्सहरू पनि पेप्सी–कोलाकै उत्पादन हुन् ।

काठमाडौंमा पहिलो प्लान्ट स्थापना गरेर नेपाल भित्रिएको पेप्सी–कोलाले सन् २०१८ मा नवलपरासीमा दोस्रो प्लान्ट स्थापना गर्‍यो ।

अहिले नवलपरासी र काठमाडौंमा दुवै प्लान्टहरू सञ्चालनमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्