०९ साउन २०८३, शनिबार

अविश्वासको प्रस्ताव सामना नगरी कर्णालीका मुख्यमन्त्रीले कँडेलले दिए राजीनामा

साउन ९, २०८३
काठमाडौं
अविश्वासको प्रस्ताव सामना नगरी कर्णालीका मुख्यमन्त्रीले कँडेलले दिए राजीनामा
फाइल फोटो

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।

शनिबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै कँडेलले राजीनामा गरेका हुन् ।

प्रदेशसभामा राजीनामा गरेर कँडेल राजीनामा बुझाउन प्रदेश प्रमुखकोमा गएका छन् ।

कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाले असार २३ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 

अविश्वासको प्रस्तावको अघिल्लो दिन कांग्रेसका मन्त्रीहरूले राजीनामा गरेका थिए । नेपाली कांग्रेसको समर्थनमा २०८१ साउनमा कँडेल कर्णालीको मुख्यमन्त्री बनेका थिए ।

प्रदेशसभामा राजीनामा गर्दै कँडेलले छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याइएको आरोप लगाए । ‘प्रदेशसभाको जे परिवेश देखेँ, त्यसका आधारमा मुख्यमन्त्रीबाट राजीनामा गरेर प्रदेश प्रमुखलाई जानकारी गराउँछु,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्