२३ जेठ २०८३, शनिबार

मनसुनजन्य विपदबाट वैशाखयता एक सय चार जनाको मृत्यु, ४३ करोडको क्षति

असार २४, २०७७
मनसुनजन्य विपदबाट वैशाखयता एक सय चार जनाको मृत्यु, ४३ करोडको क्षति
फाइल फोटो।

मुलुकमा यही वैशाखदेखि अहिलेसम्म ८ सय ४ वटा विपद्जन्य घटना हुँदा १ सय ४ जनाको मृत्यु भएको छ। उक्त घटनामा परी तीन जना हराइरहेका र ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ। चट्याङ परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन्। 

विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६ सय परिवार प्रभावित भएका छन्। दुई हजार ५ सय १५ घरमा आंशिक र २ सय ४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उक्त अवधिमा झण्डै ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार उक्त अवधिमा १ सय ५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १ सय ६१ जना घाइते भएका छन्। आगलागीका ३ सय ३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १ सय ७० वटा घर पूर्णक्षति भएको र १ सय १० घर आंशिक क्षति भएको छ । उक्त अवधिमा २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना घाइते भएको कार्यकारी अधिकृत पोखरेलले बताए। 

उक्त अवधिमा बाढीका भने २३ घटना भएको छ। जसबाट चार जनाको मृत्यु र एक जना वेपत्ता छन् । प्राप्त विवरणानुसार यो बीचमा १ सय ७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्