काठमाडौं, १८ बैशाख– नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधिको राजीनामालाई नाटकको संज्ञा दिएको छ । सो पार्टीका सचिव प्रदीप ज्ञवालीले प्रधानन्याधीश सुशीला कार्कीको राजीनामाको विषयलाई लिएर निधिले राजीनामा दिनुको औचित्य नभएको भन्दै उनले त्यसलाई नाटकको संज्ञा दिए ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सोमबार बिहान उनले भने, ‘नीतिगत रुपमा असहमति राख्नुभएको हो भने त्यो एकतिर होला, तर त्यो बहानामा उहाँ भाग्न मिल्दैन ।’
उनले प्रधानन्यायाधीश प्रकणमा मुख्य जिम्मेवार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड भएको भन्दै उनले इतिहासले उनीहरुलाई कठघरमा उभ्याइछाड्ने बताए ।
उनले महाभियोगमा सत्तारुढ दलभित्रै पनि विवाद रहेको टिप्पणी गरे ।