२४ जेठ २०८३, आइतबार

कमल थापाले भने : ज्ञानेन्द्रले पार्टी विभाजन गराउन खोजे

कात्तिक २०, २०७४
कमल थापाले भने : ज्ञानेन्द्रले  पार्टी विभाजन गराउन खोजे

काठमाडौँ, १८ बैशाख - राप्रपा संसदीय दलको आइतबारको बैठकमा अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेको खबर नयाँ पत्रिकामा छ ।kamal thapa_1
‘जसका लागि भन्दै हामी हिँड्यौँ, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइनन्, यसमा हामी सबै स्पष्ट हुनु जरुरी छ,’ एक सांसदका अनुसार अध्यक्ष थापाको भनाइ थियो, ‘राप्रपा विभाजन गर्न सांसदहरूलाई भड्काउन लागेका छन्, यो हामीलाई मान्य छैन ।’ राप्रपाले मान्यताका लागि राजसंस्थाको पक्षमा आवाज उठाएको, तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए ।
बैठकमा केही सांसदले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरू सागर तिमल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोश पोखेका थिए । स्रोतका अनुसार सांसद तथा पूर्वमन्त्री रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारबाहीका लागि राप्रपाले प्रक्रिया अघि बढाउने तयारी गरेको छ । बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।
संसदीय दलको बैठकमा सांसदहरू गीता सिंह, कान्ता भट्टराई, सीता लुइँटेल ज्ञवाली, राज्यलक्ष्मीदेवी श्रेष्ठ, विराज विष्ट, रामकुमार सुब्बा, बबिना मोक्तान लावती, राजेश्वरी देवी, कमलादेवी शर्मा, रमेश लामा अनुपस्थित रहेको स्रोतले बतायो । अनुपस्थित रहने १० मध्ये सातजना पूर्वराप्रपा नेपालको तर्फबाट र राप्रपाका तीनजना समानुपातिक कोटामा मनोनीत सांसद थिए ।

salt training

कमेन्ट गर्नुहोस्