१५ असार २०८३, सोमबार

भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

असार २८, २०७७
भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गरेका हुन्।

ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गरेका छन्।

तर उनका छोरा अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिएका छन्।

उनीहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएका छन् । अमिताभले उनीसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्  । गोरखापत्र दंनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्