२६ जेठ २०८३, मंगलबार

पहिरोले घर भत्किँदा ३ परिवार विस्थापित

असार २८, २०७७
पहिरोले घर भत्किँदा ३ परिवार विस्थापित
फाइल तस्वीर

अविरल वर्षापछि स्याङ्जाका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोमा गल्याङ र वालिङमा गरी ३ घरपरिवार विस्थापित भएका छन् । मानवीय क्षति भने टरेको छ । 

गएराति करिब ११ बजे गल्याङ नगरपालिका वडा ७ कर्पुदीकी ६६ वर्षीय तीलमाया थापाको घर पहिरोले भत्किएको हो । ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर अविरल वर्षा कारण घरको पूर्व पट्टीको पर्खाल भत्किएको थियो । 

पहिरोले घरका भाँडावर्तन, लत्ताकपडा, अन्न लगायत गरी करिब ५ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 

घरमा बस्दै तीलमायासहित २जनालाई छिमेकी लोकबहादुर थापाको घरमा स्थानान्तरण गरिएको छ ।

यसैगरी, गएराति २ बजे वालिङकै वडा  ७ पैदी बस्ने भोजराज दमैको घर पछाडिबाट बारीको कान्लो भत्कन गई घरमा क्षति पुगेको छ । 

खरको छानो भएको काठले बनेको कच्चीगोठ पूर्ण रुपमा भत्किएर करिब ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

उता, वालिङ वडा २, सिलडाँडाकी ३३ वर्षीया चीत्रमाया दमैको घरमा पनि पहिरोले क्षति पुर्‍याएको छ । शनिबार राति साढे ९ बज चीत्रमायाको घरअगाडि आँगन पहिरो जाँदा चारकोठाको एकतले पक्की घर जोखिममा रहेको

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

घरका ५ जना सदस्यलाई नजिकैको देउराली प्राविमा अस्थायी बसोबासको लागि सारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्