२६ जेठ २०८३, मंगलबार

नेकपा कार्यकर्तालाई प्रचण्डको आह्वान- एकविरुद्ध अर्कोले कान फुक्ने प्रवृत्तिमाथि खबरदारी गर्नुस्

नेकपा कार्यकर्तालाई प्रचण्डको आह्वान- एकविरुद्ध अर्कोले कान फुक्ने प्रवृत्तिमाथि खबरदारी गर्नुस्

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक नेताविरुद्ध अर्को नेताको कान फुक्ने प्रवृत्तिविरुद्ध खबरदारी गर्न कार्यकर्ताहरुलाई अपील गरेका छन् । उनले नेकपालाई एकताबद्ध गर्नको लागि सच्चाइ के हो भन्ने कुरामा नेताहरुले छातीमा हात राखेर बोल्नुपर्ने बताए ।

‘एउटा गएर केपीलाई छाड्नु हुन्न भन्ने अर्कोलाई आएर प्रचण्डलाई छाड्नुहुन्न भन्ने गरिएको छ । यो प्रवृत्तिप्रति खबरदारी गर्न जरुरी छ,’ आइतवार चितवनको भरतपुरमा नेकपा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले कसैलाई महान राष्ट्रवादी र कसैलाई राष्ट्रघाती करार गर्ने काम बन्द गर्न आग्रह गरे ।

‘नेपालको नक्सा प्रकाशित गर्ने कुरा मेरो अध्यक्षतामा बसेको स्थायी समितिबाट पारित गराइएको थियो, त्यो लम्पसारवाद हो ? केन्द्रीय समिति बैठकबाट लिम्पियाधुरासहितको नक्सा अविलम्ब प्रकाशित गरोस् भनेर सरकारलाई निर्देशन दिएका थियौं, के त्यो लम्पसारवाद हो ?’ प्रचण्डले प्रश्न गरे, ‘कमरेडहरु हामी सबैले छातीमा हात राखेर यो पार्टीलाई एकताबद्ध गर्नको लागि सच्चाइ के हो भन्ने कुरा कम्युनिस्ष्ट स्पिरिटमा बोल्नु पर्छ ।’

पार्टी एकतालाई कुनैपनि हालतमा जोगाउनु पर्ने भन्दै रचनात्मक दबाब सिर्जना गर्न उनले आग्रह गरे । ‘कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी होइन । हामी सबै मिलेर समस्याको सामना गरेको हो, सबै मिलेर नक्सा बनाएको हो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्