३२ असार २०८३, बिहीबार

इराकमा अमेरिकी सैन्य अड्डातर्फ गइरहेको बन्दोबस्तीको सामान बोकेको ट्रकमा आक्रमण

असार २८, २०७७
इराकमा अमेरिकी सैन्य अड्डातर्फ गइरहेको बन्दोबस्तीको सामान बोकेको ट्रकमा आक्रमण

इराकमा रहेको अमेरिकी सैन्य अड्डातर्फ गइरहेका अनि बन्दोबस्तीको सामान बोकेका पिकअप ट्रकहरूको एक जत्थामाथि लडाकूहरूले आक्रमण गरेका छन् । 

उनीहरूले ट्रक रोक्न लगाएर स्थानीय ठेकदारहरूलाई बाहिर निस्कन भने अनि ट्रकमा आगो लगाइदिए, स्थानीय सञ्चारमाध्यमले खबर दिएका छन् ।

घटना सामावाह–दिवानिया राजमार्गमा भएको हो । त्यहाँ बासराबाट अमेरिकाको एक सैन्य अड्डातर्फ सामान लिएर गाडी गइरहेको थियो । अज्ञात आक्रमणकारीहरूले शनिवार रात त्यसमा आक्रमण गरेका थिए । 

उक्त आक्रमणमा कोही हताहत भएको खबर छैन तर कम्तीमा तीनवटा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । आक्रमण १० मिनेटभित्र भएको थियो । 

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र फोटोमा आक्रमणपछिको अवस्था देख्न सकिन्छ । ट्रकमा दनदनी आगो बलेको देखिन्छ । 

अमेरिकाको नेतृत्वमा रहेका सुरक्षाबलहरू सरसामानको आपूर्तिका लागि स्थानीय ठेकेदारहरूमा निर्भर रहने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्