
हिन्दू धर्ममा कैलाश पर्वतको धेरै महत्व छ। किनकी यहाँ भगवान शिव को वासस्थान रहेको मान्यता समेत छ।
तर, विश्वको सबैभन्दा अग्लो सगरमाथामा अहिलेसम्म ७००० भन्दा बढीले पाइला टेकिसकेका छन्। सगरमाथाको उचाइ ८८४८ मिटर छ।
तर कैलाश पर्वतमा अहिलेसम्म कोही पनि नचढेको बताइन्छ। जबकि यसको उचाइ सगरमाथाभन्दा २००० मिटर कम अर्थात् ६६३८ मिटर छ।
आज हामी कैलाश पर्वतसँग जोडिएका रहस्य बारेमा बताउने छौँ।
धर्तीको उत्तरी र दक्षिणी ध्रुवको बीचमा छ हिमालय। यहाँ कैलाश पर्वत हिमालयकाे केन्द्र छ।
वैज्ञानिकहरुका अनुसार यहाँ धर्तीको केन्द्र छ। कैलाश पर्वत विश्वका ४ धर्म (हिन्दू, जैन, बौद्ध र सिख) को केन्द्र पनि हो।
केहीको मान्यता छ कैलाश पर्वतमा शिवको वासस्थान छ। त्यसैले जीवित मान्छे त्यहाँ पुग्न सक्दैनन्। जिउँदो छँदा पाप नगरेकाहरु मृत्यु भएपछि कैलाश जान्छन् भन्ने मान्यता पनि छ।
अर्काे थरीको धारणा छ, कैलाश पर्वतमा थोरै पनि माथि जाँदा मान्छे दिशाहीन हुन्छ।
वैज्ञानिक दृष्टिकोण अनुसार पर्वतका स्लोप (कोण) पनि ६५ डिग्रीभन्दा धेरै छ। दाबी गरिन्छ कि कैलाश पर्वतमा ७ किसिमका बत्ती चम्किन्छन्।
नासाका वैज्ञानिकहरूको अनुमान छ कि यहाँको चुम्बकीय बलका कारण यस्तो हुन सक्छ।